Photo
सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
सानिमा बैंकको चन्द्रपुर शाखा मिति २०७७-०६-१४ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर श्री रामचन्द्र चौधरीले गर्नुभयो । जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गर्नुभयो ।
सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस